एकसय पाँच लिटर घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एकसय पाँच लिटर घरेलु मदिरा नष्ट

बाजुरा, १७ पुस । प्रहरीले बाजुराको सदरमुकाम मार्तडी आसपास क्षेत्रबाट भित्रिने अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीको टोलीले सदरमुकाम मार्तडीको बाउली बजारका विभिन्न होटल तथा पसलबाट बरामत गरेको एकसय पाँच लिटर घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिसरभित्र सरोकारवाला निकायको रोहबरमा नष्ट गरेको हो ।

मदिरा सेवनकै कारण समाजमा कलह हुने, विभिन्न किसिमका घटना घट्ने भएकोले जिल्लाभर घरेलु मदिरालाई नियन्त्रण गर्न लागिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।

प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान संचालन गरेपछि जिल्लाको मार्तडी बजार, वेतालमाण्डौ, बाम्का र कोल्टीबजार आसपास क्षेत्रहरू पछिल्लो समयमा शान्त बन्दै गएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);