५ सय लिटर घरेलु मदिरा नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

५ सय लिटर घरेलु मदिरा नष्ट

madira nasta bara1

बारा, २२ फागुन । बाराको निजगढमा प्रहरीले बिहीबार एकै दिन ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले निजगढ नगरपालिकाको बिभिन्न स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा नष्ट बिहिबार नष्ट गरेको हो ।

नजिकिँदै गरेको होलीमा यस्ता घरेलु मदिराको माग हुने भएकाले प्रहरीले विशेष सतर्कता अपनाएको जनाएको छ । घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको बारा प्रहरीले निजगढ नगरपालिकाको शहीद चोक र बुद्ध चोकबाट बिक्रीको लागि तयारी अवस्थामा रहेको कारिब ५ सय लिटर मदिरा बरामद गरेको थियो ।

घरेलु मदिरा सस्तो र जताततै सजिलै पाईने हुँदा यसको अधिक सेवनबाट झै–झगडा देखि मानिसको हत्या सम्म हुने गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक बिकास थपलियाले बताउनु भयो ।

अखाद्य बस्तु मिसाएर गरिने यस्ता उत्पादन हुन नदिन कडा निगरानी गरि रहने प्रहरीले जनाएको छ ।

madira nasta bara

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);