३५ ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

३५ ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ

brownsugar jhapa pakrau

झापा, २२ फागुन । झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ३५ ग्राम ब्राउनसुगर सहित पक्राउ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सूचनाका आधारमा अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट बुधबार ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का २४ वर्षीय सञ्जु चेम्जोङ्ग, सोही ठाउँका २० वर्षीय समिर लिम्बू, २५ वर्षीय विवेक तामाङ्ग, अर्जुनधारा ६ का १९ वर्षीय रोशन गुरुङ, इलामको देउमाई नगरपालिका – २ का २० वर्षीय सन्तोष तामाङ्ग र पाँचथरको फिदिम नगरपालिका १३ का १८ वर्षीय दिपेन लिम्बू रहेका छन् ।

होटलमा वसेर लागू औषधको कारोवार भइरहेको सूचना पाएलगत्तै होटल पुगेको प्रहरीले उनीहरुको साथबाट नगद ५५ हजार रुपैयाँ सहित ६ थान मोवाइल समेत बरामद गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);