विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं। सर्लाही, झापा, कपिलवस्तु र कैलालीबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले लागूऔषध बोकी ल्याएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापाको बिर्तामोड नगरपालिका––५ डेरा गरी बस्ने २८ वर्षीय मोहन राजबंशीलाई ५ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। यसैगरी झापाको भद्रपुर नगरपालिका–५ मेचिपुल छेउबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय लोकराज राजबंशी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय अजय राजबंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ४७३४ नम्बरको अटो टेम्पोलाई प्रहरीले जाँच गर्ने क्रममा टेम्पोको चाबी बक्समा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी चालक  लोकराज राजबंशी र टेम्पोमा सवार अजयलाई पक्राउ गरेको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब ४ ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–८ महावन बस्ने ३१ वर्षीय ईश्वर घर्ती र सोही नगरपालिका–१४ वोर्ड गाँउ बस्ने २० वर्षीय तुल्सीराम थारु रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ४३९३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त  पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक डेरा गरी बस्ने बझाङ छविस पाथिभरा गाउँपालिका–४ घर भएका २४ वर्षीय बिशाल थापालाई ७ ग्राम २६० मिलिग्राम ब्राउनसुगर सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);