विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ 

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–४ बाट  १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका–१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोली खोलाबाट करिब ३ ग्राम ४४ मिलिग्राम हेरोइनसहित सोही नगरपालिका–१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइनसहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । बाँकेको खजुरा गाउँपालिका–७ बठवा चोकबाट करिब ५० ग्राम गाँजासहित सोही गाउँपालिका–४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका–७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);