अज्ञात समूहद्वारा ६ वटा गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अज्ञात समूहद्वारा ६ वटा गाडीमा आगजनी

kapilvastu gadi aagjani (2)

कापिलवस्तु, २२ फागुन । कापिलवस्तुमा गएराति अज्ञात समुहले ६ वटा गाडीमा आगजनी गरेका छन् । कापिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको ६ वटा गाडीमा आगजनी भएको हो ।

कम्पनीको २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा गाड़ीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रहरीका अनुसार केही गाडी पूर्ण रुपमा जली सकेको र केही आंशिक रुपमा जलिरहेको अवस्थामा प्रहरी र कृष्णनगरबाट आएको दमकलबाट आगोलाई नियन्त्रणमा लिएको हो ।

kapilvastu gadi aagjani

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);