जन्ती बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ५२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जन्ती बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ५२ जना घाइते

janti bus durghatana

मकवानपुर, २२ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो ।

मृत्यु हुनेमा गढी गाउँपालिका वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक पुरुषको पहिचान खुलेको छैन ।

मकवानपुर गढिको जीतपुर भञ्ज्याङबाट सुकौरा सातकन्या जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस बुधबार अनियन्त्रित भई सडक छेउ भित्तामा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका छन् ।

दुर्घटनामा घाइते भएकामा ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था समान्य रहेका प्रहरीले जनाएको छ । घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा ३ जना चितवन रिफर भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);