जाजरकोटमा कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जाजरकोटमा कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी

जाजरकोट, १७ पुष । कर्णाली प्रदेश जाजरकोट “क” का सांसद तथा अर्थ तथा प्राकृतिक श्रोत वाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा अज्ञात समूहले आगजानी गरेको छ।

कर्णाली प्रदेश ०२००१ झ ००४० नम्वरको गाडी बिहीवार बेलुका १० वजे गाडी चालकले खाना खाईरहेको अवस्थामा भेरी नगरपालिका ७ नम्वर वडाको पुन्ममा भन्ने स्थानमा आगजनी गरिएको हो।

कर्णाली प्रदेश सरकारवाट विनीयोजन गरीएका आ.व. ७६-७७ का योजनाहरु भे.न.पा. ११ को र वडानं ८ को कृषी सिचाई आयोजना, लगाएतका योजनाहरुको अनुगमन गर्ने क्रममा आफ्नो गाडीमा अज्ञात समुहले आगजनी गरेको सांसद सिंहले वताउनु भयो । गाडीमा कसले ? किन? आगजनी गरेको हो भन्ने अहिले सम्म कुनै जानकारी प्राप्त भएको छैन ।

विद्रोही ने.क.पा. जाजरकोटका सेक्रेटरी राजकुमार राईले आगजनी गर्ने विद्रोही ने.क.पा.को केन्द्र देखी स्थानीय स्तर सम्म कुनै योजना नभएको र आफुहरुले नगरेको यो परिस्थितिमा आगजनी गर्नु दुखद भएको कुरा फोन मार्फत वताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);