अज्ञात समूहद्वारा दुई जिल्लाको अध्यक्ष चढ्ने गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अज्ञात समूहद्वारा दुई जिल्लाको अध्यक्ष चढ्ने गाडीमा आगजनी

bus ma aagolagi

काठमाडौं, २६ साउन । अज्ञात समूहले शनिबार राति कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षले चढ्ने गाडीमा आगजनी गरको छ ।

अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा शनिबार अज्ञात समूहले आगजनी गरेको हो । कपिलवस्तु नगरपालिका वडा नं. ३ महिता स्थित तौलिहवामा पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो । आगजनी किन र कसले ग¥यो भन्ने नखुलेको अध्यक्ष चौधरीको भनाई छ । आगजनीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार शनिबार राति ठूलो आवाज आएको र हेर्दा गाडी जलेको पाईएको भनाई छ ।

त्यसैगरी, दाङका बङ्ग्लाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको गाडीमा पनि अज्ञात समुहले आगजनी गरेको छ । वलीले चढ्ने गरेको रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);