भोजपुरमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भोजपुरमा बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

durghatana

भोजपुर, २६ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।

आइतबार बिहान अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);