रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु, २५ जना घाइते

ramechap bus durghatana

रामेछाप, ६ माघ । रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा आइतबार बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन । ओखलढुंगाको घोराखोरीबाट काठमाडौँको लागि हिँडेको बा ४ ख ४२१० नम्बरको बस मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा आइतवार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका बडा नम्बर ६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २५ जना घाइतेमध्ये ५ जनको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);