अमरगढी किल्लामा आन्तरीक पर्यटकको संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

अमरगढी किल्लामा आन्तरीक पर्यटकको संख्यामा वृद्धि

amargadhi killa

बिमल जैरु
डडेल्धुरा, ६ माघ । 
डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा पछिल्लो समयमा आन्तरीक पर्यटकको संख्यामा वृद्धि भएको छ । विगतको तुलनामा अहिले दैनिक ३० देखि ४० जना पर्यटक त्यहाँ घुम्न पुग्ने गरेका छन् ।

ऐतिहासिक किल्लाको रुपमा चर्चित डडेल्धुराको अमरगढी किल्लामा पछिल्लो समयमा आन्तरीक र वाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । समुद्री सतहबाट करीब ६ हजार ५ सय फिटको उचाइमा रहेको यो किल्लामा अहिले दैनिक ३० देखि ४० जना पर्यटकहरु घुम्ने आईरहेका छन् ।

यसरी पछिल्लो समयमा यहाँ पर्यटकको संख्या वढ्न थालेपछि अमरगढी किल्ला व्यवस्थापन विकास समितीले पनि सुविधाका लागि सरसफाई देखि लिएर अन्य योजना समेत ल्याएको छ । तर, समितीको लापरबाहीको कारण पुराना महत्वपूर्ण ऐतिहासिक हातहतियार हराउँदा केही खल्लो भएको स्थानीयहरुको गुनासो छ ।

देशमा १० बर्षीय द्धन्द्धका कारण यो ऐतिहासिक किल्ला पनि सुनसान थियो । तर, अहिले द्धन्द्ध अन्त्यसंगै देश संघिय संरचनामा गईसकेपछि नगरपालिकाले समेत पर्यटक वढाउनका लागि चासो दिदै आएको छ । अमरगढी नगरपालिका मेयर विशेश्वर प्रसाद ओझाले सरकारले हालै छनोट गरेका १ सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्लापनि परेको हुँदा अब समग्र अमरगढी किल्लाको गुरु योजना बनाई अघि वढ्ने बताए ।

हुनत नेपालका विभिन्न ऐतिहासिक ठाउँ मध्ये अमरसेन थापाले सन् १८४७ मा कर्णाली प्रदेश पश्चिमका भुभाग कव्जा गर्न निमार्ण गरिएको यो किल्ला पनि महत्वपूर्ण र ऐतिहासिक रुपमा चर्चित छ । यहाँ रहेका पूरातात्विक सामानहरु संकलन र त्यसलाई संग्राहालयमा राख्न सके अझ पर्यटकको संख्या बढ्नुको साथै नगरको आन्दानी समेत बढ्ने स्थानीयहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);