एक वर्ष भित्र किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक वर्ष भित्र किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री खनाल

krishimantri khanal

काठमाडौं, ६ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सरकारले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए ।

राष्ट्रिय किसान आयोगले आईतबार राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री खनालले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषिसम्बन्धि नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गरे । उहाँले कृषि गतिविधिमा प्रत्यक्ष असर पार्ने खालका नीति, नियम बनाउन पनि आयोगलाई सुझाव दिए ।

गजुरेलले किसान आयोगले किसानहरुको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यक्ता औंल्याए ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);