बिश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज प्रधानमन्त्री ओली स्वीजरल्याण्ड जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंगलबारदेखि सुरु हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी आज स्वीजरल्याण्ड जाने भएका छन् ।

प्रधानमन्त्री ओली स्विजरल्याण्डको डाबोस सहरमा मंगलबारदेखि आयोजना हुने ४ दिने विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन आज बेलुका त्यसतर्फ जान लाग्नु भएको हो । विश्वकै विकास र लगानीसम्बन्धी उच्चस्तरीय सो मंचको बैठकमा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो । नेपालले द्वन्द्व व्यवस्थापनसहितका राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य प्रगति गरेपछि विश्व आर्थिक मंचले नेपालको महत्वलाई बुझेर सो बैठकमा निमन्त्रणा गरेको जनाइएको छ ।

बैठकको पहिलो दिन प्रधानमन्त्री ओलीले ‘स्ट्राटिजिक आउटलुक अफ साउथ एशीया’ सम्बन्धि विषयमा विचार प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री ओलीले बैठकले दोस्रो दिन बुधबार ‘प्रजातन्त्रको भविष्य’ विषयमा आफ्नो विचार प्रस्तुत गर्ने जनाइएको छ । उनले तेस्रो दिन बिहीबारको बैठकमा ‘जी टवान्टी’ का शक्तिशाली राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग औपचारिक÷अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली माघ १२ गते शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);