सार्वजनिक यातायातमा हुने महिला हिंसा रोक्न प्रहरीले गर्ने भयो अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सार्वजनिक यातायातमा हुने महिला हिंसा रोक्न प्रहरीले गर्ने भयो अभियान

sarbendra khanal

काठमाडौं, ६ माघ । प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान संचालन गर्ने भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गर्नु भएको हो । उहाँले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना रहेको उल्लेख गरे ।

आईतबार महानगरीय प्रहरी परिसर, टेकूको हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पार्नु भयो । उनले नागरिकको सहायता बिना नेपाल प्रहरीले अपराध अनुसन्धानलगायतका कुनै पनि दायित्व पूरा गर्न नसक्ने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको बताउनु भयो । उक्त भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा निर्माण गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);