प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । उनले प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास महानिरीक्षक सिंहले विश्वास व्यक्त गरे । भेटका अवसरमा महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);