हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीलाई समानुपातिकमा १८ हजार ४८ मत | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीलाई समानुपातिकमा १८ हजार ४८ मत

काठमाडौं। हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ १८ हजार ४८ मत पाएको छ। मधेश केन्द्रीत राजनीतिमा सक्रिय त्रिपाठी यस पटकको निर्वाचनमा पराजित भएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१  बाट उम्मेदवार रहेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भएका हुन् । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका थिए ।

यसपटटको त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित भएका त्रिपाठी गत निर्वाचनमा भने विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका त्रिपाठी जितपछि मन्त्रीसमेत भएका थिए ।

Leave a Reply