बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका भएका थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ ग्रहण गरेपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);