गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता घिमिरेले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता घिमिरेले दिए राजीनामा

पाेखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । गुरुङको ठाउँमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् । घिमिरेले त्यसको भोलिपल्टै आइतबार राजनीनामा दिएका हुन् ।

२०७४ फागुन ४ गते मुख्यमन्त्री भएका गुरुङले घिमिरेलाई सोही महिनाको २१ गते मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । घिमिरेको सपथ चैत ८ गते भएको थियो ।

मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिका हुने न्यायाधिवक्ताको जिम्मेवारीमा रहँदा घिमिरेले सरकारलाई कानुन निर्माणका धेरै विषयमा महत्वपूर्ण योगदानसमेत गरेका थिए । लमजुङ श्रीभन्ज्याङ गाउँका बासिन्दा घिमिरेले अस्ट्रेलियाबाट विद्यावारिधि गरेका थिए ।

राजीनामा दिँदै घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);