काठमाडौ। बर्तमान केपी ओली नेतृत्को सरकारलाई देशलाई दीर्घकालिन असर पुग्ने काम नगर्न विपक्षी गठबन्धनले अपिल गरेको छ। शनिबार बिपक्षी गठबन्धनले सयुक्त विज्ञप्ति जारी गर्दे जनतालाई दीर्घकालीन असर पुग्ने कुनै काम नगर्न सरकारलाई अपिल गरेको हो ।
गठबन्धनमा संलग्न पाँच नेताहरुले संयुक्तरुपमा सरकारलाई गलत कामलाई प्रश्य दिने खालका कुनै पनि गतिविधि नर्गन र सुरक्षा निकाय लगात राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गर्दे उनीहरुले संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसामु आग्रह पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।






