काँग्रेस महाधिवेशन मिति ९ दिनका लागि पर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँग्रेस महाधिवेशन मिति ९ दिनका लागि पर

nepali congress

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पर सरेको छ । शनिबार देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी बैठकले १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअधि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरिएको थियो ।

तर शनिबार बसेको कांग्र्रेस पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका थप संशोधन गरेको हो । कोभिड १९ को जोखिम देखाउँदै पदाधिकारी बैठकले महाधिवेशनको मिति थप ९ दिनका लागि पर सार्ने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाइसक्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने छ ।

कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँरनगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुने बताइएको छ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन भने २०७८ भाद्र १ र २ गते गर्नुपर्ने कार्यतालिका बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);