सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके ः महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके ः महेश बस्नेत

काठमाडौँ ।

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताउनुभएको छ ।शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरि वर्तमान सरकार निर्माण गरिएको दाबी गर्नुभयो । सुशिला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको उहाँको भनाई छ । जनतामा अहिले उक्त ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भएको उहाँले बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी मुद्दा विचाराधीन रहेकोले संसद् पुनस्थापना गरेर गलत अभ्यास सच्याउनपर्ने बताउनुभयो । एमालेले यही विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाउने उहाँको दाबी छ ।उहाँले पार्टी संगठनभित्रका कमजोरीलाई सुधार गरी जनतामा फैलिएका भ्रम चिर्नेगरि एमालेलाई सशक्त बनाएर लैजाने बताउनुभयो । जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तक्र्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उहाँको भनाई छ । उहाँले पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने गलत प्रचार भईरहेको पनि बताउनुभयो ।  कार्यदललाई निर्वाचनको समीक्षा तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयसँगै पार्टी पुनर्गठनको जिम्मेवारी दिएको उहाँको भनाई छ ।

Leave a Reply

ताजा समाचार