सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि बढ्यो : महामन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि बढ्यो : महामन्त्री खड्का

purnabahadur khadka

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरु बढीरहेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताउनुभयो ।

सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताउनुभयो । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उहाँले बताउनुभयो । महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरण दलले काम गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुलाई धमाधम पूर्णता दिइरहनु भएको छ । सभापतिमा निर्वाचित भएको भएको लामो समयसम्म गठन हुन नसकेका विभागलाई देउवाले महाधिवेशन नजिकिँदै गर्दा पूर्णता दिनु भएको हो । पार्टी आगामी महाधिवेशनको तयारीमा जुटिरहेका बेला सबै विभागका पदाधिकारीहरु सक्रिय हुन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);