नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार छ : सह–महामन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार छ : सह–महामन्त्री महत

काठमाडाैं, २ चैत । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस आमनिर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।

प्रेस युनियन कैलालीद्वारा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सह–महामन्त्री महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार रहेको बताउनुभयो ।

नेता महतले नेपाली काँग्रेस कसैको नेतृत्वमा सरकारमा नजाने बताउँदै कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउनुभएको छ ।

आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए सरकारमा जान पनि सक्ने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);