सह-महामन्त्री डा.महतद्वारा आर्थिक नीतिको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

सह-महामन्त्री डा.महतद्वारा आर्थिक नीतिको चर्को आलोचना

काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सह-महामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले लिएको आर्थिक नीतिको चर्को आलोचना गरेका छन् ।

सह-महामन्त्री महतले सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी गरेका हुन् । आईतबार पार्टीको आर्थिक नीतिबारे भक्तपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले गलत आर्थिक नीति लिएका कारण मुलुकको उद्योग–व्यापार खस्कँदै गएको तर्क समेत गरे । उनले विश्व बैंकको प्रतिवेदन उल्लेख गर्दै नेपालमा विदेशी लगानी गत वर्षभन्दा ७५ प्रतिशत घटेको उल्लेख गरेका छन् ।

महतले स्थिर सरकार भएको बेला पनि ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुनु दुःखद् भएको टिप्पणी गरे । सरकारले लगानीका लागि आवश्यक कानुनी व्यवस्था गर्न नसकेको सह-महामन्त्री महतको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);