आर्थिक उन्नतिबारे डा. कोइरालाको सरकारलाई यस्तो सुझाव | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

आर्थिक उन्नतिबारे डा. कोइरालाको सरकारलाई यस्तो सुझाव

sashank koirala

काठमाडौं, २१ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्रको सीप र कलाको भरपुर उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

महामन्त्री कोइरालाले आफ्नो पार्टीले लिएको उद्धार आर्थिक नीतिका कारण मुलुकमा धेरै ठूलो परिवर्तन भएको दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको पनि स्मरण गराए ।

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका संस्थापक विपी कोइरालाले लिनु भएको उद्धार आर्थिक नीतिले मुलुकलाई अघि बढाउन महत्वपूर्ण योगदान दिएको दावी पनि गरेका छन् ।