कांग्रेस महाधिवेशन मंसिरपछि हुन्छ : महामन्त्री डा. शशांक कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस महाधिवेशन मंसिरपछि हुन्छ : महामन्त्री डा. शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन मंसिरपछि हुने बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित स्वर्गीय प्रजातन्त्र सेनानी खुसीलाल पाण्डेको स्मृतिमा स्थापना भएको खुसु फाउण्डेशनको शुभारम्भ गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

आगामी महाधिवेशन एकताको महाधिवेशन भएकाले गुट उपगुट छोडेर पार्टीलाई एकढिक्का बनाउने तर्फ लागिपर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कोरोना कहर र क्रियाशिल सदस्यताको विवादको कारण महाधिवेशन सरेको उनले बताए । पार्टी सभापति र शीर्ष नेताबीच छलफल गरेर छिटोभन्दा छिटो महाधिवेशनको लागि उपयुक्त समय तोक्ने उनले बताए ।

नेकपा एमाले नेतृत्वको सरकारले जनतामा आश्वासन मात्र बाढ्नु बाहेक अन्य विकास निमार्णको काम गर्न नसकेको बताउदै महामन्त्री कोइरालाले बर्तमान सरकारले जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);