बालुवाटारमा गठबन्धनको बैठक सम्पन्न, सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बालुवाटारमा गठबन्धनको बैठक सम्पन्न, सत्तारुढ कार्यदलले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गर्ने निर्णय

काठमाडौं । सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आइतबार सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले सो सत्तारुढ कार्यदलले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले शुक्रबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सामु प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा गठबन्धनका सरकारका साझा न्युनतम कार्यक्रमहरु तय गरिएको थियो ।

बालुवाटारमा बसेको आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका साथै केही सांसदहरु सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);