सत्तारुढ कार्यदलले तयार पारेको सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन आज सार्वजनिक गरिँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सत्तारुढ कार्यदलले तयार पारेको सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बुझाएको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन आइतबार सार्वजनिक गरिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले सो सत्तारुढ कार्यदलले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले शुक्रबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सामु प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा गठबन्धनका सरकारका साझा न्यूनतम कार्यक्रमहरु तय गरिएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रमको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन बुझाइएको हो ।

कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ जसमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । कोभिड –१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्तिका लागि आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लागउन योग्य सबै नेपालीलाई निशुल्क खोपको व्यवस्था गर्ने, स्वास्थ्यकमीहरुका लागि व्यक्तिगत सुरक्षा साधन पीपीई, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आदि योजनाहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रतिवेदनले राष्ट्रिय हितको सम्बन्धनमा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीति आवश्यक परिमार्जन गरी कार्यान्वय गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने उल्लेख गरिएको छ ।

संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुद्ढीकरण, संविधान संशोधन, प्रशासनिक सुधार एवं आर्थिक सामाजिक एजेण्डाहरु साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);