आज राष्ट्रियसभा बैठक बस्दै, विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज राष्ट्रियसभा बैठक बस्दै, विभिन्न विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दैछ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६÷०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुदैछ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);