आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत गर्ने

pratinidhi sava

काठमाडौं, ६ चैत। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा पुनस्र्थापना पछि आज चौथो बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);