प्रतिनिधिसभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमार्डौ । बिहान ११ बजे बस्ने बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजै बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६ पेस गर्नुहुनेछ ।

त्यसपछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९ पेस गर्नुहुने कार्यसूची छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);