सत्तारुढ कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सत्तारुढ कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउदैं

काठमाडाैं । सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाउने भएको छ ।

कार्यदलले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाउन लागेको हो । यस्तै कार्यदलले गठबन्धन दलका शीर्ष नेतालाई समेत प्रतिवेदन बुझाउने बताइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ ।

गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतसाग परामर्श गरेर प्रतिवेदन तयार पारिएको हो । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);