सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडाैं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुंगो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ ।

यसअघि मंगलबार दोस्रोपटक बसेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन नसकेपछि आज बस्नेगरी बैठक सकिएको थियोे ।

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलले जनाएको छ ।

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);