ओली सरकारका कामलाई वर्तमान सरकारले नढालोस : प्रदिप ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

ओली सरकारका कामलाई वर्तमान सरकारले नढालोस : प्रदिप ज्ञवाली

काठमाडाैं । यस अघिको सरकारले नै कोरोना विरुद्धको खोपको प्रवन्ध गरिसकेकोले वर्तमान सरकारले सबैलाई नागरिकलाई खापको व्यवस्था गर्नु पर्नेमा नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जोड दिएको छ ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता ज्ञवालीले चालु अवस्थामा रहेका विकासका कामहरुलाई निरन्तरता दिन पनि सरकारलाई आग्रह गरेको छ ।

साथै उनले आफ्नै नेतृत्वको सरकारलाई आफैँ निर्णायक बनेर हटाएर विपक्षि लाई प्रधानमन्त्री बनाउने जस्तो कमजोरी केहिसंग पनि तुलना नै हुन नसक्ने बताउँदै उनले कुनै पनि राजनितीक शक्तिले यस्तो प्रयोग गर्न नसक्ने बताए ।

यस्तो घटिया काम कुनै पनि राजनितिक पार्टिले सोच्नै नसक्ने समेत बताए। नेता ज्ञवालीसंगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);