संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई नहेप्न सांसद प्रदिप यादवको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई नहेप्न सांसद प्रदिप यादवको चेतावनी

pradip yadav

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् ।

सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमतसावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दाबी गरे ।

सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दाबी समेत गरे । उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई सचेत गराए । सरकारले भनेर होईन तत्काल उद्दार गरेर अफगानिस्तानमा रहेका नेपालीहरुको जीवन सुरक्षा गर्नुपर्ने सांसद यादवको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);