सांसद झाले मागे रेशम चौधरी लगायत नेता कार्यकर्ताको मुद्धा फिर्ता र रिहाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सांसद झाले मागे रेशम चौधरी लगायत नेता कार्यकर्ताको मुद्धा फिर्ता र रिहाई

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अनिल कुमार झाले जेलजिवन विताईरहेका आफ्ना नेता, कार्यकर्ताहरुको रिहाइका लागि अघिल्लो सरकारले थालेको काम पुरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले अघिल्लो सरकारले आफुहरुको माग सम्बोधन गर्ने सम्वन्धमा अगाडी बढाएको कामलाई पूर्णता दिनुपर्ने बताएका हुन् । उनले नागरिकता सम्बन्धी अध्यादेश पास गर्नुपर्ने पनि बताए । आफ्नो सांसद रेशम चौधरी लगायत जेलमा रहेका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता र रिहाई गरिनुपर्ने पनि उनले बताए ।

सांसद झाले भने – ‘हामीले पूर्ववर्ती सरकारलाई कम्पेल गरेर ल्याउन लगाएको नागरिकता सम्बन्धी अध्यादेश त्यो यथाशिघ्र पारित गरेर त्यसलाई वञ्चितिकरणमा परेका लाखौँ युवाहरुलाई उसको शिक्षा र रोजगारको व्यवस्था हुने बाटो यो सरकारले शिघ्र खोलिदिनु पर्दछ । त्यसैगरी मधेश आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्धाहरु र लामो समयदेखि जेल जिवन विताइरहनुभएका संघीय संसदका सदस्य रेशम चौधरीको रिहाई र उहाँ लगायतका अन्य धेरै जेल जिवन विताएकाहरुको रिहाई र मुद्धा फिर्ता लिन पूर्ववर्ती सरकारबाट भएका कार्यहरुलाई अगाडी बढाउन र यसलाई कम्प्लिट गर्न म पार्टीको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु ।’

सांसद झाले बाढी र पहिरो पीडितको राहत तथा जीवन रक्षा गरिनुपर्नेमा पनि जोड दिए । खेतीपातिको समयमा मलको अभाव भएको भन्दै मलखादको व्यवस्था गर्न समेत उनले माग गरे । त्यसैगरी, नेपाल – भारत सिमामा कोभिड – १९ को महामारीको कारण बन्द भएकोमा त्यसलाई सहज बनाइनुपर्ने उनले बताए ।

जसपाकै सांसद महेन्द्रराय यादवले आफ्नै पार्टीका सांसदहरुका कारण दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको बताए । उनले केपी ओलीभन्दा बढी दोषी आफ्ना पार्टीका केही सांसदहरु रहेको उल्लेख गरे । उनले भने – ‘हाम्रो पार्टीका केही पात्रहरु त्यहाँ हस्ताक्षर नगरेका भए दोस्रो प्रतिनिधि सभाको विघटन हुने थिएन । विगतको केपी ओली भन्दापनि हाम्रो पार्टीबाट केही पात्रहरु जानुभएको छ उहाँहरु बढी जिम्मेवार हुनुहुन्छ । बढी दोषी हुनुहुन्छ । जसले यो देशको लोकतन्त्रको लागि, संघीयताको लागि , मधेश आन्दोलन, माओवादी आन्दोलन, लोकतान्त्रिक आन्दोलन, जनजाति, आदिवासी, थारु, सबै आन्दोलनबाट प्राप्त भएको अधिकारको सुरक्षा गर्ने ।’

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देश स्थिरताको बाटोमा जान नसक्ने बताए । उनले प्रधानमन्त्री देउवालाई सुशासन दिन अनुरोध गरे । उनले पुष २७ गते पुथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन निर्णय गर्न पनि माग गारे ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जनमोर्चाल सरकारलाई समर्थन गरेपनि सरकारमा नजाने नीति लिएको बताईन् । सरकारका राम्रो कामलाई समर्थन गर्दै कमी कमजोरीको विरोध गरिने उनले बताईन् । कुनैपनि विवादित विषय नल्याउन उनले सरकारलाई आग्रह पनि गरिन ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका गल्ती नदोहो¥याउन आग्रह गरे । वर्तमान सरकारको हालसम्म नीति, कार्यक्रम नआएको भन्दै हुकुमी शासन चलाउन लागेको त होईन भन्ने उनले प्रश्न गरे ।

सांसद सुवालले भारतबाट बिना परिक्षण तरकारी र फलफुलहरु काठमाडौं आएका भन्दै त्यसलाई रोक्नुपर्ने बताए । किसानले उखु र दुधमा भुक्तानी नपाएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);