नेम्वाङले संविधानको गलत व्याख्या गरेको प्रधानमन्त्री देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

नेम्वाङले संविधानको गलत व्याख्या गरेको प्रधानमन्त्री देउवाको आरोप

काठमाडौं । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो ।

प्रधानमन्त्री देउवाले भने, “विपक्षी दलका नेता हुुनुहुन्न । पूर्व सभामुख नेम्वाङपनि आफूले बोलेको जवाफ नसुनि हिँडनु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने–अव कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो ।”

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरुलाई ह्वीप नलगाएको दावी समेत गरे । “पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।” प्रधानमन्त्री देउवाले भने, “तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नु भयो ।”

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिने सबैै सांसदहरुलाई धन्यवाद समेत दिए ।

Leave a Reply