सबै नेपालीलाई कोरोना खोप पुर्‍याउन गरेको बाँचा पूरा गरि छाड्छु : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सबै नेपालीलाई कोरोना खोप पुर्‍याउन गरेको बाँचा पूरा गरि छाड्छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पुर्‍याउने प्रतिवद्धता जनाए ।

“कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा गरि छाडने छु । हामी ऋण लिएर जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पु¥याउने छौं । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो बाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।”

नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सारे ।

पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरुसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरु गरेर देखाउनु उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);