प्रधानमन्त्री देउवालाई गिरिजाको जस्तै छवि बनाउने अवसर आयो : सांसद गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई गिरिजाको जस्तै छवि बनाउने अवसर आयो : सांसद गजुरेल

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालको जस्तै छवि बनाउने अवसर आएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि त्यो अवसर आएको बताको हो ।

उनले देउवा पटक पटक प्रधानमन्त्री भएकाले विगतका अनुभवहरुको समिक्षा गर्दै राष्ट्रलाई नयाँ दिशामा लानका लागि पनि अनुरोध गरे । संविधानको रक्षा र संविधानको संशोधन गर्नका लागि वर्तमान सरकारले अग्रणी भुमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गरे । उनले भने ‘उहाँले अब फेरी गिरिजाप्रसाद कोईरालाले जो छवि बनाएर जानुभयो । त्यो छवि उहाँले कायम गर्नुपर्छ । इतिहासको समिक्षा गरेर कहाँ कहाँ त्रुटी भए, उहाँ पटक पटक प्रधानमन्त्री हुनुभयो, धेरै अनुभवपनि छ । समिक्षा गरेर यो राष्ट्रलाई नयाँ दिशातिर लानका लागि र यो संविधानको रक्षाको लागि र संविधानलाई अझ पुर्णता दिनको लागि यसको कतिपय प्रावधानहरु जो अहिले हामी आवश्यकता महशुस गरिरहेका छौँ त्यसलाई संशोधन गर्नका लागि पनि उहाँको अग्रणी भुमिका हुनेछ ।

सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा हुनेमा अपेक्षा गरिएको पनि बताए । उनले भने ‘संघीयता अहिले उपहास भएको छ । के संघीयता छ ?, अहिले संघीयता अभ्यास भइराखेको छ ? बनावटी संघीयता अभ्यास भइरहेको छ ? बनावटी संघीयता अभ्यास भइरहेको छ । बास्तविक संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुप¥यो । र शान्ति प्रक्रियाका बाँकी कामहरु जो लम्बिदै गएका छन् । यसलाई टुंग्याउनुप¥यो । उहाँको यो कार्यकालमा नेपाली जनताले यी कुराहरु अपेक्षा गरेका छन् । र सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेका छन् । भ्रष्टाचारका धेरै कुराहरु उठे । कुशासनका धेरै अभ्यासहरु भए त्यसलाई फेरी ट्रयाकमा ल्याउनको लागि उहाँलाई सफल हुनुहोस् ।

उनले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);