देउवाले गरे पाँचौ पटकका लागि प्रधानमन्त्रीको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवाले गरे पाँचौ पटकका लागि प्रधानमन्त्रीको शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देउवाले मंगलबार ४२ औं प्रधानमन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापनि देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सोही फैसला अनुरुप राष्ट्रपति भण्डारीले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा शपथ ग्रहणका लागि ढिलोगरी शीतलनिवास पुगेपछि ६बजे तय गरिएको शपथ ग्रहण ढिलो भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कुन धाराका आधारमा प्रधानमन्त्री नियुक्ती गरेको हो भन्ने उल्लेख गरिएपछि देउवाले आपत्ति जनाएका थिए ।

गएको जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका प्रधानमन्त्री ओली र देउवाको दाबी खारेज गरेको थियो । र सोही रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एक सय ४६ सांसदले दर्ता गराएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवा पाँच पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन् । यसअघि कांग्रेस कै गिरिजाप्रसाद कोइराल र राप्रपाका लोकेन्द्र बहादुर चन्द चार–चार पटक प्रधानमन्त्री बनेका थिए ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलो पटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री रहेका थिए । त्यो उनको पहिलो पटकको प्रधानमन्त्रीकाल थियो ।

देउवा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भऐका थिए ।

देउवाको दोस्रो सत्तारोहण २०५८ साउन ११ मा भएको थियो । त्यस कार्यकाल २०५९ असोज १८ सम्म कायम भएको थियो । उनी तेस्रो पटक २०६१ जेठ २१ म प्रधानमन्त्री भएका थिए । त्यो कार्यकाल २०६१ माघ १९ सम्म चलेको थियो ।

त्यसैगरी २०७४ जेठ देखि फागुन सम्मका लागि उनले चौथो प्रधानमन्त्री काल विताए ।

यसरी आज देउवाले पाँचौ पटक प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);