कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ओली सरकारले गरेको खर्च सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ओली सरकारले गरेको खर्च सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले ’कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय भएको बताए ।

त्यसैगरी आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउनयोग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले महामारीमा फ्रन्टलाइनमा खटिएकालाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता एक साताभित्रबाट दिन सुरु गरिने निर्णय भएको पनि जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);