ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने भएको छ ।

बिहान ११ बजेपछि उहाँ बालुवाटारमा रहेको सरकारी निवास छाडेर निजी निवास बालकोट जान लागेकाे हो । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म एमाले नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन् ।

सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताउनु भएको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेकाे हो । बालुवाटार छोड्नु अघि हिजो खोलीले देशवासीका नाममा सम्बोधन गरेका थिए ।

गएको सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);