प्रधानमन्त्री देउवा बुढानिलकण्ठबाट बालुवाटार सरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री देउवा बुढानिलकण्ठबाट बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा सरेका छन् ।

गएको मंगलबार नै प्रधानमन्त्री नियुक्त भएका देउवा ज्योतिषको सल्लाह अनुसार शुक्रबार बिहान १० बजेको शुभसाइतमा मात्र निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर सरेका हुन् ।

गएको सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने गएको बुधबार बालुवाटारबाट निजी निवास बालकोट सरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);