ओली बालकोटस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली बालकोटस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरे

प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका छन । 

kp oli pm

काठमाडौं,७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका छन । प्रधानमन्त्री ओली आइतबार बेलुका सरकारी निवास बालुवाटार सरेका हुन ओली आफ्नो पहिलो कार्यकालमा गएको वर्ष साउन १९ गते बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरूप रोपेको पीपलको विरुवामा पानी हाली बालुवाटार प्रवेश गरे ।

प्रधानमन्त्री ओलीलाई पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए । अपरान्ह चार बजे बालुवाटार सर्ने पूर्वनिर्धारित तालिका भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताका कारण ढिला भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);