प्रजातन्त्र दिवसका अवसरमा विद्यादेवी भण्डारी,नन्दबहादुर पुन र ओलीले शुभकामना दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रजातन्त्र दिवसका अवसरमा विद्यादेवी भण्डारी,नन्दबहादुर पुन र ओलीले शुभकामना दिए

democracy day

काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन ।

राष्ट्रपति भण्डारीले निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिएकी छन । राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु सबैको साझा जिम्मेवारी र दायित्व भएको उल्लेख गरेकी छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै सरकारले आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ काम गर्ने बताएका छन । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकारले देशमा विकास र समृद्धि गर्नेमा निश्चिन्त हुन देशवासीसँग आग्रह गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);