आज अन्तर्राष्ट्रिय योग दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडाैँ । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो ।

राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ। पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।

यद्यपि नेपालमा कोरोना महामारीका बीच निशेधाज्ञा जारी रहेकोले योग दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम राखिएको छैन । यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारी जारी रहेको अवस्थामा योगको सान्दर्भिकता अझै बढेको बताएकी छिन् । उनले योग एव्म तन्त्रवद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्नसक्ने विस्वास व्यक्त गरेकी छिन् ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन योगविधि महत्वपूर्ण हुने बताएका छन् । योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै प्रधानमन्त्री ओलीले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको उल्लेख गरेका छन ।

Leave a Reply