आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न संघसंस्थाद्वारा योग अभ्यासको आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न संघसंस्थाद्वारा योग अभ्यासको आयोजना

yog diwas

काठमाडौं, ६ असार । आज (शुक्रवार) पाँचौं अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइएको छ । योग दिवसका अवसरमा राजधानीमा विभिन्न संघ संस्थाहरुले योग अभ्यास आयोजना गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा मोदीले प्रस्ताव गर्नु भएको थियो । सो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नु भएको थियो । अहिले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवशको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन् । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा लिइन्छ । योगले मानिसको जीवन शैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा स्वस्थ र चुस्त राख्न मद्दत गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);