आइभोरी कोस्टको राजधानी आबिदजानमा दोस्रो संस्करणको ‘आइभोरी टेक फोरम २०२६’ शुरु भएको छ । बुधवारदेखि शुरु भएको तीनदिने फोरममा डिजिटल रूपान्तरण र उदाउँदा प्रविधिको प्रयोगमार्फत आर्थिक विकास तथा रोजगारी सिर्जना गर्ने विषयमा छलफल भइरहेको छ । ‘रूपान्तरणका लागि नवप्रवर्तन ः उदाउँदा प्रविधिमार्फत आर्थिक वृद्धिलाई तीव्रता’ भन्ने नाराका साथ आयोजित फोरममा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिको सम्भावना र तिनको व्यावहारिक प्रयोगबारे विमर्श भइरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै आइभोरी कोस्टका प्रधानमन्त्री रोबर्ट बेउग्रे माम्बेले सरकारले एआई तथा अन्य उदाउँदा प्रविधिको प्रयोगलाई प्रमुख आर्थिक क्षेत्रमा विस्तार गर्ने योजना बनाएको बताए । उनले प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप कम्पनीहरूलाई वित्तीय सहयोग, तालिम तथा बजारमा पहुँच उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए । यस वर्षको फोरममा रुवान्डा अतिथि राष्ट्रका रूपमा सहभागी भएको छ ।
इभोरी कोस्टमा दोस्रो ‘आइभोरी टेक फोरम २०२६’ आयोजना
ताजा समाचार
इभोरी कोस्टमा दोस्रो ‘आइभोरी टेक फोरम २०२६’ आयोजना
५ सेकेंड अघि




