वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८३, शनिबार

वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत

काठमाडौँ ।

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्नुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उहाँले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताउनु भयो । उहाँले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उहाँको भनाई छ । उहाँले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताउनु भयो । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पु¥याउन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उहाँको आरोप छ ।उहाँले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नेगरि अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply